• १८ असोज २०८३, आइतबार
  • ९ः०० बिहान

पाल्पा टिपर दुर्घटना : मृतक संख्या ४ पुग्यो

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ०८:४२

पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

National Life

प्रहरीका अनुसार यसअघि दुर्घटनामा अर्घाखाँचीको शीतगङ्गा–४ सिद्धाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो।

शनिबार बेलुका झडेवाबाट रहबासतर्फ चुनढुंगा खानी जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित चार जना गम्भीर घाइते भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

घाइतेहरूलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो। त्यसमध्ये तीन जनालाई चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका थिए भने गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको थियो। उनको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया