• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

उच्च पहाडी क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ फाल्गुन १ गते, शुक्रबार ०९:२१

१ फाल्गुन, २०८२ काठमाडौं –  जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु–कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्ने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

Kamana Sewa

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्नेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया