सूर्यकुण्ड हाइड्रोको आइपिओ बाँडफाँड हुने मिति तय
प्रकाशित मिति
२०८२ माघ २९ गते, बिहीबार ०५:५९
२९ माघ,२०८२ काठमाडौं – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओको बाँडफाँड फागुन ५ गते मंगलबार हुने भएको छ। निष्काशन तथा विक्री प्रबन्धक कम्पनी कुमारी क्यापिटलले यसबारे जानकारी दिएको हो।
कम्पनीले माघ १८–२१ गते सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेकोमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन्। यसमा ५७ हजार २४३ जनाले १०–१० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्कासनको अनुमति पाएको थियो। यसमा सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाइएको छ।

सूर्यकुण्ड हाइड्रोले सञ्चालन गरेको ११ मेगावाट माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ रहेको छ।




प्रतिकृया