• ४ साउन २०८३, सोमबार
  • ३:०२ बिहान

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

प्रकाशित मिति

२०८२ फाल्गुन १ गते, शुक्रबार ०९:२६

१ फाल्गुन, २०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा कायम गरिएको छ।

युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा तथा बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८९ रुपैयाँ १६ पैसा रहेको छ।

Kamana Sewa

अष्ट्रेलियन डलरको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ ६५ पैसा र १०७ रुपैयाँ ०९ पैसा तथा सिङ्गापुर डलर ११४ रुपैयाँ ७१ पैसा र ११५ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

Classic Tech Desktop

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०५ पैसा कायम छ। खाडी मुलुकका मुद्रामा साउदी रियाल, कतारी रियाल, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको दरसमेत सार्वजनिक गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले लागू गर्ने दर भने फरक हुन सक्ने बताइएको छ।

प्रतिकृया