• १९ असोज २०८३, सोमबार
  • ९ः२७ राती

स्वास्थ्य बीमामा ओपीडी सीमित, एक आर्थिक वर्षमा २५ हजारमात्रै सुविधा

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार ०१:०५

१९ माघ,२०८२ काठमाडौं – स्वास्थ्य बीमाबाट लाभान्वित बिरामीले अब एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा अधिकतम २५ हजार रुपैयाँ मात्र सुविधा पाउने भएका छन्। स्वास्थ्य बीमा बोर्डले ओपीडीमा धेरै खर्च भइरहेको भन्दै सेवा वर्गीकरण गरेर नयाँ नियम ल्याउने तयारी गरेको हो।

National Life

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, यसपछिका उपचार खर्च अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारमा गर्न सकिनेछ। ओपीडीमा बीमाको वित्तीय भार धेरै परेकोले यसलाई कम गर्न नयाँ व्यवस्था गरिएको उनको भनाइ छ।

नयाँ नियम आगामी फागुन १ गतेदेखि लागू गर्ने तयारी रहेको छ। बोर्डले आईसीयू तथा सर्जरीमा सेवा लिँदा बीमा पर्याप्त नहुने भएकाले सन्तुलन मिलाउन यो नियम लागू गरिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल स्वास्थ्य बीमामा आबद्ध हुन ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ। बीमाबाट परिवारका पाँच सदस्यले वार्षिक १ लाख रुपैयाँसम्म उपचार सेवा पाउने व्यवस्था छ। तर, ओपीडी सेवामा २५ हजारभन्दा बढी खर्च भएमा बिरामीले थप उपचारको शुल्क आफैले तिर्नुपर्ने व्यवस्था गरिएको छ।

बोर्डको अध्ययनअनुसार बीमाको झन्डै ७१ प्रतिशत खर्च ओपीडी सेवामा जाँदै आएको छ भने बाँकी रकम भर्ना तथा आकस्मिक उपचारमा खर्च हुने गरेको छ। ओपीडीमा सीमितता लागू भएपछि अब बीमाको दुरुपयोग कम हुने बोर्डको दाबी छ।

तर विशेषज्ञहरूका अनुसार प्रिमियम बढ्दा विपन्न तथा गरिब परिवारको आर्थिक भार बढ्ने र बिमितको संख्या घट्ने सम्भावना देखिन्छ। बोर्डले गरेको अध्ययनअनुसार अधिकांश बिमितले सेवा लिन मात्र बीमा गराएका छन् भने घरमा बिरामी सदस्य भएका वा जोखिममा रहेका व्यक्तिहरूले बढी बीमा लिँदा बीमाको अवस्था थप कमजोर भएको बताइएको छ।

प्रतिकृया