• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

संसद् भवन अगाडि जेनजी आन्दोलनका मृतकको आत्मा शान्तिका लागि हवन

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार १२:५०

१९ माघ,२०८२ काठमाडौं – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरुको आत्मा शान्तिको लागि सोमबार संसद भवन अगाडि मृतकका आफन्तहरुले हवन गरेका छन्।

आफन्तहरुले जनजीवनको सुरक्षा र न्यायको माग गर्दै भएको आन्दोलनमा मृत्यु भएका सबैको आत्मा शान्ति हुने गरी विधिपूर्वक हवन गरिएको जानकारी दिएका छन्।

Kamana Sewa

समारोहमा मृतक परिवारका सदस्य, आन्दोलनका समर्थक र स्थानीय नागरिकहरुको सहभागीता रहेको थियो। हवनपछि मृतक परिवारले न्यायको मागलाई निरन्तरता दिने बताएका छन्।

Classic Tech Desktop

प्रतिकृया