• १९ असोज २०८३, सोमबार
  • ९ः२६ राती

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग रिट सर्वोच्चमा पेशीमा

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार १२:३१

१९ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ। महान्यायाधिक्ता कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गरेको विरोधमा दायर रिटको सुनुवाइ सोमबारका लागि तोकिएको हो।

National Life

अधिवक्ता युवराज सफलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी रिट दायर गरेका हुन्। उनले तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानूनविपरीत भएको दाबी गर्दै २०७९ चैत २० गते रिट दायर गरेका थिए।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ। पेशी १२औं नम्बरमा रहेकाले सोही दिन सुनुवाइ हुने वा नहुनेबारे टुंगो नलागेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया