• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

विमानस्थलको हुलाक भन्सार शाखाका तीन कर्मचारी घुससहित पक्राउ

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार १२:०७

१९ माघ,२०८२ काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखाका तीन कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एन्काउन)को टोलीले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखाका कर्मचारी नासु छवि प्रसाद रिजाल छन्।

Kamana Sewa

एन्काउनका अनुसार पुडासैनीको साथबाट घुसबापत १० हजार र अन्य रकम गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ। त्यसैगरी रिजालको साथबाट २० हजार घुस र स्रोत नखुलेको २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको छ।

Classic Tech Desktop

उनीहरूले विदेश पठाइने सामानका लागि कुरियर कम्पनीमार्फत घुस माग्ने गरेको सूचनाका आधारमा अख्तियारले छापा मारेको हो। साथै छापामा २३ थान मोबाइल फोन पनि बरामद गरिएको छ।

प्रतिकृया