• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

राष्ट्रपति पौडेलले जापानी व्यवसायीलाई नेपालमा लगानी आह्वान

प्रकाशित मिति

२०८२ माघ १९ गते, सोमबार ०१:२६

१९ माघ,२०८२ टोकियो- राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका अवसर खोज्न आह्वान गरेका छन्। जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकार लगानी र व्यापारमा हर सम्भव सहयोग गर्ने प्रतिबद्ध रहेको बताएका छन्।

उनले कृषि, जलस्रोत र पर्यटन क्षेत्रमा लगानी गरी नेपाललाई धनी बनाउने र जापानले पनि फाइदा लिन आग्रह गरे। कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, परराष्ट्र मन्त्रालयका सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाले पनि सहभागीता जनाएका थिए।

Kamana Sewa

प्रतिकृया