• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

अमेरिकाको भेनेजुएला आक्रमणमा ४० जनाको मृत्यु

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ११:०७

२० पुस,२०८२ काठमाडौं — अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको दाबी न्युयोर्क टाइम्सले गरेको छ । अखबारले आइतबार प्रकाशित गरेको रिपोर्टमा नाम नखुलाउने शर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा सर्वसाधारण र सैनिक गरी कम्तीमा ४० जनाको ज्यान गएको उल्लेख गरेको हो ।

रिपोर्टअनुसार शनिबार अमेरिकाले राजधानी काराकाससहितका शहरहरूमा आक्रमण गरेको र सो क्रममा राष्ट्रपति निकोलस मादुरो तथा उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याइएको दाबी गरिएको छ । यद्यपि, यसबारे अमेरिकी ह्वाइट हाउस वा पेन्टागनबाट मृतकको संख्या तथा अपरेसनको पूर्ण विवरणको आधिकारिक पुष्टि भइसकेको छैन ।

Kamana Sewa

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आक्रमणमा मानवीय क्षति नभएको दाबी गरेका छन् । तर न्युयोर्क टाइम्सको रिपोर्टमा अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै १५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिएको र त्यसपछि हेलिकोप्टरमार्फत स्थल सैनिक परिचालन गरिएको उल्लेख छ । सोही क्रममा मादुरो बसोबास गरिरहेको घरमा आक्रमण गरिएको दाबी गरिएको छ ।

Classic Tech Desktop

ट्रम्पले यसलाई ‘रातारात गरिएको सफल अपरेसन’ भनेका छन् र ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ नहुँदासम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने बताएका छन् । हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी बताइएको छ ।

यसैबीच, न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले मादुरो र फ्लोरेसमाथि अमेरिकामा लागुऔषध कोकिन तस्करीलगायत विभिन्न आपराधिक आरोपमा अभियोग पत्र दर्ता गरेको जनाइएको छ ।
आलोचकहरूले भने अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको, अमेरिकी कंग्रेसलाई छलेर गरि

प्रतिकृया