• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

खनालद्वारा अमेरिकाको भेनेजुएला आक्रमणको निन्दा

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ११:११

२० पुस,२०८२ काठमाडौं — पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमणको निन्दा गरेका छन्। उनले यसलाई भेनेजुएलाको सार्वभौमसत्ता उल्लंघन, अन्तर्राष्ट्रिय कानुनको अपमान र राज्य आतंकवादको उदाहरण भनेका छन्।

खनालले नेपाली कम्युनिष्ट पार्टी र नेपाली जनताको तर्फबाट भेनेजुएलाका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै राष्ट्रपति मदुरो र उनकी पत्नीको सकुशल रिहाइको माग गरेका छन्। साथै उनले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस्तो हिंसात्मक आक्रमणविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन्।

Kamana Sewa

प्रतिकृया