आज ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
प्रकाशित मिति
२०८२ पुष २० गते, आईतवार १०:५५
२० पुस,२०८२ काठमाडौं — आज पुस २० गते नेप्सेमा सूचीकृत ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि ती कम्पनीहरूले भोलि पुस २१ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
लाभांश वितरण गर्ने कम्पनीहरूमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश वितरण गर्नेछ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश दिनेछ ।

यसैगरी, प्राइम कमर्सियल बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश तथा कालिका लघुवित्तले १० प्रतिशत बोनस सेयर र ०.५३६३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

उक्त लाभांश प्राप्त गर्न आज पुस २० गतेसम्म सेयर खरिद गरी सेयरधनी कायम हुनुपर्नेछ ।




प्रतिकृया