चक्रवाती आँधी ‘मोन्था’ आन्ध्र प्रदेश हुँदै कमजोर हुँदै दक्षिणतर्फ सर्यो
प्रकाशित मिति
२०८२ कार्तिक १२ गते, बुधबार ०९:५१
कात्तिक १२, २०८२ काठमाडौं— भीषण चक्रवाती आँधी ‘मोन्था’ मंगलबार राति आन्ध्र प्रदेशको मछलीपट्टनम र कालींगपट्टनमबीचको तटीय क्षेत्र हुँदै दक्षिणतिर रहेको काकीनाडा पार गरेको छ। भारतको मौसम विभागका अनुसार अहिले यो आँधी केही कमजोर बनेको छ।
मंगलबार साँझ करिब ७ बजे ‘मोन्था’ काकीनाडा नजिकै जमिनसँग ठोक्किएको थियो। त्यसपछि आन्ध्र प्रदेशका विभिन्न भागमा भारी वर्षा र तीव्र हावाहुरी चलेको जनाइएको छ। आँधीका कारण समुद्र तटीय क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।

सोमबार उत्तर तटीय आन्ध्र प्रदेशमा विनाश मच्चाएपछि वर्षाको गतिविधि दक्षिण तटीय आन्ध्र प्रदेशका एसपीएसआर नेल्लोर र प्रकाशम जिल्लातर्फ सरेको भारतको मौसम विभागले जनाएको छ। आन्ध्र प्रदेश भारतको दक्षिणपूर्वी तटमा पर्ने राज्य हो, जसको दक्षिणमा तमिलनाडु राज्य पर्छ। विभागका अनुसार, ‘मोन्था’ अब थप कमजोर बन्दै तमिलनाडु वा बंगालको दक्षिणी समुद्री तटतर्फ सरिरहेको छ।

मौसमविद्हरूले अझै केही दिन तीव्र वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।




प्रतिकृया