• २० असोज २०८३, मंगलबार
  • ११ः५९ बिहान

आर्थिक हिनामिनाको आरोपमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार १०:००

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको पुष्टि गरेको छ। सिआईबीका अनुसार उनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

National Life

भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले करिब ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक वर्षअघि नै जाहेरी दर्ता गराएकी थिइन्। तर, लामाको आरोप अनुसार विगतमा विभिन्न प्रहरी कार्यालयहरूले जाहेरी लिन अस्वीकार गरेपछि उनले सरकारी वकिलको कार्यालयमार्फत उजुरी दर्ता गराएकी थिइन्। २०८१ साल असोज ११ गते सरकारी वकिलको कार्यालयले जाहेरी अनुसन्धानका लागि प्रहरीमा पठाए पनि, भट्टचन सत्तारूढ दलका सांसद रहेकाले अनुसन्धान अघि बढ्न नसकेको स्रोतले जनाएको छ।

सिआईबीले अब आर्थिक अपराधसम्बन्धी मुद्दामा आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया