• ४ साउन २०८३, सोमबार
  • २:२६ बिहान

सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच आज पहिलो त्रिपक्षीय वार्ता

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार ०९:४४

कात्तिक १२, २०८२ काठमाडौं— आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माणका लागि सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी (Gen Z) पुस्तासँग त्रिपक्षीय वार्ता गर्न लागेको छ। सरकारले आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आयोजना गरेको हो।

बैठकका लागि राजनीतिक दलका शीर्ष नेतासँगै जेनजी पुस्ताका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। मन्त्री खरेलका अनुसार आगामी निर्वाचनलाई सफल र विश्वासयोग्य बनाउन सरकार चरणबद्ध रूपमा सबै पक्षसँग संवाद र सहकार्यमा जुटिरहेको छ।

Kamana Sewa

यसअघि गत ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच पहिलो चरणको छलफल सम्पन्न भएको थियो। त्यस बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएका दलहरूबीच निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने सहमति बनेको थियो।

Classic Tech Desktop

सरकारले लामो समयपछि पुनः सुरु गरेको औपचारिक राजनीतिक संवादले निर्वाचनको सकारात्मक वातावरण तयार गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिकृया