• ४ साउन २०८३, सोमबार
  • ५:०९ बिहान

रौतहटको विद्यालय भवन निर्माण ठेक्कामा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार ०४:३६

असोज २६, २०८२ काठमाडौं– रौतहटको माधव नारायण नगरपालिका–३ स्थित देवी माध्यमिक विद्यालय, सखुअर्वाको भवन निर्माणमा ठेक्का प्रक्रिया लुकाएर भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, रौतहट एडभरटाइजिङ्ग एजेन्सी प्रा.लि र त्यसका सञ्चालक अजित कुमार कर्ण विरुद्ध मुद्दा दर्ता गरेको हो।

Kamana Sewa

अख्तियारका अनुसार विद्यालय भवन निर्माणका लागि राष्ट्रिय स्तरको दैनिक पत्रिकामा ठेक्काको सूचना प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि सूचना लुकाएर ठेकेदारसँग मिलेमतो गरी ठेक्का दिइएको पाइएको हो।

Classic Tech Desktop

नगरपालिकामा बुझाइएको सूचनाको कपी सिटी पोस्ट दैनिकमा सीमित प्रतिमा मात्र प्रकाशित गरिएको र त्यो PDF अभिलेख समेत नभएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो। ठेक्का प्रक्रिया गुप्त राखी झुटा बिल भरपाईको आधारमा २ लाख ५७ हजार ९७० रुपैयाँको भुक्तानी गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। सोही रकम भ्रष्टाचार बराबरको बिगो कायम गरी अभियोग दायर गरिएको हो।

प्रतिकृया