• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

इरानले आणविक बम बनाइरहेको आरोप अस्वीकार, अमेरिकासँग वार्ताका लागि आक्रमण नगर्न चेतावनी

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार १०:२७

असार १६ , २०८२ काठमाडौं । इरानका विदेश मन्त्री माजिद तख्त राभान्चीले इरानले गोप्य रूपमा आणविक बम बनाइरहेको भन्ने आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। उनले आणविक ऊर्जाको विकासका लागि वैज्ञानिकको साथ लिएको स्वीकार गरे पनि बम निर्माणको कुनै योजना नरहेको दाबी गरे।

उनले अमेरिकाको ‘शून्य युरेनियम संवर्द्धन नभए बम प्रहार’ चेतावनीलाई गैर न्यायिक ठहर गर्दै इरानमाथिको दबाब स्वीकार्य नहुने बताए। यस्तै, कूटनीतिक वार्तामा सहभागी हुन इरान तयार रहेको तर त्यसका लागि अमेरिकाले आक्रमण नगर्ने प्रतिबद्धता जनाउनु पर्ने उनको माग छ।

Kamana Sewa

विदेश मन्त्रीका अनुसार अमेरिकाले मध्यस्थकर्तामार्फत वार्ताको प्रस्ताव राखेको छ तर आफ्नो स्थिति स्पष्ट गर्नु पर्नेमा जोड दिएका छन्। उनले वार्ता भइरहेको बेलामा आक्रमण नगर्ने ग्यारेन्टी समेत माग गरेका छन्।

Classic Tech Desktop

यसैबीच, इजरायलले लगातार १२ दिन इरानको आणविक केन्द्र र सैन्य कमान्डरलाई लक्षित गर्दै आक्रमण गरेको र त्यसपछि अमेरिका पनि आक्रमणमा सहभागी भएको थियो। अमेरिकाले उक्त स्थानको सम्पूर्ण संरचना नष्ट भएको दाबी गरे पनि इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले पूर्ण विनाश नभएको स्पष्ट पारेको छ।

एजेन्सीका अनुसार केही महिनाभित्र पुनः संरचना निर्माण हुने अपेक्षा गरिएको छ। यद्यपि, इरान र एजेन्सीबीचको सम्बन्ध चिसिँदै गएको छ। इरानी संसद्ले एजेन्सीसँगको सम्बन्ध भङ्ग गर्ने निर्णय गरिसकेको जानकारी पनि प्राप्त भएको छ।

प्रतिकृया