• १ असोज २०८३, बिहीबार
  • ११ः४६ राती

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आजदेखि आवेदन खुला

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार १०:०२

असार १६ , २०८२ काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँमा निष्कासन गर्न लागेको हो, जसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भइसकेको छ।

National Life

यसका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ ४ गतेसम्म शेयरधनी रहेका व्यक्तिहरू मात्र यो हकप्रदमा आवेदन दिन योग्य हुनेछन्। हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन ४ गतेसम्म तोकिएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

उक्त शेयरमा आवेदन दिन नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय, नबिल बैंकका तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छयायम शाखामा पुग्न सकिनेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाहरूबाट पनि आवेदन दिन सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

Ask ChatGPT

प्रतिकृया