• ३० भदौ २०८३, मंगलबार
  • ३ः५७ दिउँसो

नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार

प्रकाशित मिति

२०८३ भाद्र ३० गते, मंगलवार ०३:४०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ। आज ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

यसदिन कारोबार भएका १३ वटै उपसूचक बढेका छन्। सर्वाधिक जीवन बीमा, निर्जीवन बीमा र फाइनान्स समूहका शेयरमा वृद्धि भएको छ।

मंगलबार २६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, एक कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया