• ३० भदौ २०८३, मंगलबार
  • ३ः५२ दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा

प्रकाशित मिति

२०८३ भाद्र ३० गते, मंगलवार ०३:५२

३० भदौ २०८३ काठमाडौं — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको हो।

National Life

त्यस्तै, कोषका अन्य दुई बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई राहत तथा उद्धारका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया