• ५ साउन २०८३, मंगलबार
  • ३:४३ बेलुका

प्रतिनिधिसभा बैठक : अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न माग

प्रकाशित मिति

२०८१ फाल्गुन २२ गते, बिहीबार ०३:१८

फाल्गुण २२, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोग रकम दुरुपयोग भयो भन्ने चर्चाबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले नेपालमा अहिलेसम्म अमेरिकाबाट कति सहयोग आयो भन्ने बारेमा श्वेतपत्र जारी गर्न माग गरेका हुन् ।

Kamana Sewa

उनले भनेका छन्- ‘अमेरिकाले दिएको सहयोग दुरुपयोग भयो भन्ने बारम्बार चर्चापरिचर्चा सुनिन आएको छ । यस्तो रकम कति नेपालमा आएको हो र कसकसले प्रयोग गरे ? त्यो नेपाल सरकारले, अर्थमन्त्रालयले कसले श्वेतपत्र जारी गर्नुपर्ने हो ? त्यो जारी गरियोस् ।’

Classic Tech Desktop

उनले एनजिओ र आइएनजिओमा आएका र अन्य प्रयोगमा कति रकम आएको छ भने त्यसको दुरुपयोग भएनभएको विषय श्वेतपत्रमार्फत सार्वजनिक गर्न उनले माग गरेका छन् । उनले भनेका छन्- ‘सारा नेपाललाई नै बद्नाम गर्ने गरी प्रचार भइरहेको छ। यदि यसो हो भने सरकारले यसलाई भएको के हो ? श्वेतपत्र जारी गरोस् ।’

प्रतिकृया