• ४ साउन २०८३, सोमबार
  • २:१४ बिहान

सन्तोष सेनको बलिदानको सुटिङ सम्पन्न

प्रकाशित मिति

२०८१ फाल्गुन ३ गते, शनिबार ०४:५१

फाल्गुण ३, २०८१ काठमाडौँ: सन्तोष सेनको चलचित्र ‘बलिदान’को सुटिङ सकिएको छ । चार महिना भन्दा लामो समय लगाएर सो फिल्मको सुटिङ गरिएको निर्देशक सेनले जानकारी दिएका छन् । ‘बलिदान’ को शुटिङ्ग यात्रा शिर्षकमा उनले सामाजिक सञ्जालमार्फत लेखेका छन कि चाँडै प्रदर्शनको मिति घोषणा गरिनेछ ।

‘बलिदान निर्माणका विभिन्न प्रकरण छिचोल्दै जाने क्रममा हामीले यसलाई महान चलचित्र बनाउने कुरामा कतै पनि कम्प्रमाइज गरेनौं । कथाको सृजना सोचेभन्दा राम्रो गर्यौं, कलाकार, प्राविधिक र प्रविधि छ्नोटमा सोचेभन्दा राम्रो गर्यौं । अहिले चार महिनाको लामो कठीन परिस्थितिसङ्ग जुध्दै दिनरात रगत पसीना बगाएर सोचेभन्दा १०० गुणा राम्रो गर्दै यसको छायांकनको चरण पार गरेका छौँ’ उनले भनेका छन् ।

Kamana Sewa

आगामी दिनका सम्पादनका कार्यमा पनि कुनै कम्प्रमाइज हुने छैन भन्दै उनले लेखेका छन, ‘यस बीच फिल्म निर्माणको सम्पूर्ण टिमले कुनै धकशक नमानी रात दिन खटेर बलिदानलाई दिएको बलिदानीप्रती जति धन्यवाद दिए पनि त्यो कम हुनेछ । उहाँहरूको काम बलिदान चलचित्रमार्फत अमर रहने छ भन्ने कुरामा विश्वस्त छु ।’ अझ अगाडी लेख्छन, ‘यसपटक आफ्ना व्यक्तिगत समस्यालाई पर सारेर देशका लागि केही गरौं भन्ने हुटहुटी पैदा भयो । यसमा आम दर्शकजनले देखएको सदासयताले थप प्रेरणा दियो । आगामी दिनमा पनि दर्शकको साथ पाइरहने छु भन्ने मलाई पूर्ण विश्वास छ । कथाको आवश्यक बलिदानी दिएर हामीले अन्तिम दृश्य खिच्यौं र सूटिङ्गको चरणलाई बिट मार्यौं ।’

Classic Tech Desktop

यस खुशीमा यहाँहरू सम्पूर्णलाई पुनः एकपटक धन्यवाद व्यक्त गर्दै उनले चॉडै “बलिदान” कोशेली मार्फ़त प्रदर्शन मिती घोषणा गर्ने जनाएका छन ।

प्रतिकृया