• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

अध्यादेश अगाडी बढाउन सत्ता गठबन्धनका दलहरु सहमत

प्रकाशित मिति

२०८१ फाल्गुन ३ गते, शनिबार ०४:४७

फाल्गुण ३, २०८१ काठमाडौँ: सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक संसदमा रहेका अध्यादेश अगाडी बढाउने विषयमा सहमत भएका छन् ।

गृहमन्त्री रमेश लेखकले बैठकमा अध्यादेशका विषयमा छलफल भएको र अब अध्यादेश अगाडी बढाएर जाने विषयमा सहमति भएको बताएका छन् ।

Kamana Sewa

बैठकपछि गृहमन्त्री लेखकले भने- नेपाल सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदको दुवै सदनमा दर्ता भएका छन् । यी अध्यादेश स्वीकृत गराउने विषयमा छलफल भयो र छलफल सकारात्मक रुपमा अगाडी बढेको छ । अब अध्यादेश पारित गर्ने प्रक्रिया अगाडी बढ्छ । हामि सबै राजनतिक दलहरु सहमत भएका छौं र अब यो प्रकिया चाडै अगाडी बढ्छ ।’

Classic Tech Desktop

बैठकमा सरकार र संसद्का कामको प्रभावकारिताको विषयमा पनि छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी भएका थिए ।

प्रतिकृया