• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

तबला वादक उस्ताद जाकिर हुसैनको निधन

प्रकाशित मिति

२०८१ पुष १ गते, सोमबार १०:३६

पुष १, २०८१ काठमाडौँ: विश्व प्रसिद्ध तबला वादक तथा पद्म विभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ। उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो।

परिवारका अनुसार हुसैन इडियोपैथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए। उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए। उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो।

Kamana Sewa

जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो। उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्म विभूषण प्रदान गरिएको थियो।

Classic Tech Desktop

हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए। सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वर्ल्ड’ सार्वजनिक गरेका थिए।

हुसैनले २००९ मा आफ्नो पहिलो ग्रामी अवार्ड प्राप्त गरे भने २०२४ मा उनले ३ फरक-फरक एल्बमका लागि ३ वटा ग्रामी जिते। यसरी जाकिर हुसैनले कुल ४ वटा ग्रामी अवार्ड जितेका छन्।

प्रतिकृया