• ३१ भदौ २०८३, बुधबार
  • ११ः३६ राती

विशेष मिट एन्ड ग्रीटमा क्रिकेट लिजेन्ड ब्रायन लाराले गरे डीपलको आधिकारिक ब्याटमा हस्ताक्षर

प्रकाशित मिति

२०८१ पुष १ गते, सोमबार १०:४६

पुष १, २०८१ काठमाडौँ: क्रिकेटको उमंग र विशिष्टताले भरिएको एउटा सुमधुर साँझ मनाउने क्रममा नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा नेपालमा फ्युचरिस्टिक कार डिपलको आधिकारिक वितरक चाङ्गान नेपालले महान क्रिकेटर ब्रायन लाराको सम्मानमा एउटा अविस्मरणीय कार्यक्रमको आयोजना गर्यो। याक एण्ड यति होटलमा आज आयोजित उक्त भेलामा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

National Life

विशेष कार्यक्रममा क्रिकेट लिजेण्ड ब्रायन लाराले क्यानका सचिव तथा डीपल इभिजका ब्रान्ड एम्बेसर पारस खड्का र नेपालमा डीपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए।

कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथाहरू साझा गरेका थिए। एनपीएलका क्रिकेटरहरू र अन्य क्रिकेट उत्साहीहरूले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करियरका बारेमा कुराकानी गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

इतिहासकै महान क्रिकेटरहरू मध्ये एकका रूपमा लोकप्रिय ब्रायन लाराको गरिमामय उपस्थिति र उनको सफल करियरका कथाहरूले दर्शकहरूलाई मोहित बनाएको थियो। आफ्नो देशभन्दा टाढाका प्रशंसकहरूसँग घुलमिल हुने उनको क्षमताले यस साँझलाई साँच्चै विशेष बनाएको थियो।

नेपालमा बढिरहेको क्रिकेटको उत्साहलाई मनाउन र जारी नेपाल प्रिमियर लिग (NPL) को प्रवर्द्धनका लागि नेपालमा उपस्थित लाराको सम्मानमा कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमको केन्द्रबिन्दुको रूपमा रहेका लाराले उपस्थितहरूका लागि दीर्घकालीन सम्झना र वर्षौंसम्म सम्झिने भावनात्मक सम्बन्धको चिनो स्वरूप डीपल क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए । कार्यक्रमले नेपालको क्रिकेटप्रतिको माया र यसको बढ्दो विश्वव्यापी
मान्यतालाई समेटेको थियो ।

डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको भविष्यवादी र बुद्धिमानी उप-ब्रान्ड हो। ८ महिनाअघि नेपालमा लन्च गरेपछि डीपल इभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् जसमा गाडीहरू मुख्यतया यसको डिजाइन र प्रविधिका कारण ग्राहकको रोजाइमा परेका छन् ।

डीपल ईभीजमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, जेस्चर कन्ट्रोल तथा हेडरेस्ट र आउटडोर स्पिकरहरू लगायत १५ भन्दा बढी पहिलो पटक आविष्कार गरिएका फिचरहरू छन् जसले यसलाई छोटो अवधिमा नेपाली बजारमा सबैभन्दा लोकप्रिय ईभी बनाएको छ।

प्रतिकृया