सन्दीपको मुद्दामा अन्तिम पेशी आज
प्रकाशित मिति
२०८० बैशाख ११ गते, सोमबार १०:३०
११ वैशाख २०८०, काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी आज सोमबारका लागि तोकिएको छ । बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो । ६ वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डक्टर र साहब आलमसँग बयान लिएको थियो।
त्यसअघि २६ चैतमा न्यायाधिश शंकरराज बरालको इजालामा उनको मुद्दाको सुनुवाई भएको थियो। जहाँ अदालतले बाँकी रहेका तीन जनाको बकपत्र लिन आदेश दिएको थियो। तर जहाँ दुई जनाको सुनुवाइ हुँदा अर्का एकजना जाहेरी पक्षका व्यक्ति भने देश बाहिर रहेको भन्दै उनले प्रहरीमार्फत् अदालतमा जानकारी गराएका थिए।

सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो।

सन्दीपले सर्वोच्चमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी रहेको छ । निरन्तर पेशीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न कारणले पेशी स्थगित हुँदै आएको छ ।
आज काठमाडौँ जिल्ला अदालतले सन्दीपको पेशी तोकेको छ ।




प्रतिकृया