• ९ असोज २०८३, शुक्रबार
  • ७ः११ बेलुका

वर्षा सुरु भएपछि कीर्तिपुर र मूलपानीमा टस हुन सकेन

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०९:५१

११ वैशाख २०८०, काठमाडौँ : एसिसी प्रिमियर कपमा नेपाल र साउदी तथा बहराइन र हङकङबीचको खेलको टसमा ढिलाइ भएको छ। खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुने भनिएकाे थियो। नियमित समय अनुसार टस ८:३० मा टस हुनुपर्ने भएपनि हल्का वर्षा सुरु भएपछि कभरले पिच ढाकिएको छ। त्यसैको कारण टसमा ढिलाइ भएको छ।

National Life

आइतबार राति पनि पानी परेको थियो। सुपर सापरले पानी सुकाउने काम गरे पनि तत्काल टस हुने सम्भावना कमजोर छ।काठमाडौँमा विहान ८:४५ मा १२ प्रतिशत वर्षाको सम्भावना देखिएको छ। त्यसपछि वर्षा सम्भावना बढ्दै जाने देखिएकाले खेल अनिश्चित बनेको छ।


दिउँसो १२ बजेदेखि ३ बजेसम्म ७८ देखि ८० प्रतिशतसम्म वर्षा हुने सम्भावना देखिन्छ। दिउँसो चार बजेपछि मात्रै वर्षा कम हुने वेदर फोरकास्टले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

टियू मैदान कीर्तिपुरमा बहराइन र हङकङबीचको खेल हुने कार्यतालिका रहेको थियो भने माथिल्लो मूलपानीमा नेपाल र साउदी अरेबियाबीचको खेलमा टस ढिलाइ भएको हो।

प्रतिकृया