• ९ असोज २०८३, शुक्रबार
  • ७ः३८ बेलुका

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०९:३२

११ वैशाख २०८०, काठमाडौँ : आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन्।

National Life

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

प्रतिकृया