• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

कोभिड–१९ महामारीका कारण जलवायु परिवर्तनबाट प्रभावित समुदायहरुको स्वास्थ्य सुरक्षा अनि राज्य

प्रकाशित मिति

२०७९ पुष २७ गते, बुधबार ०१:४४

डा. केदार कार्की

२७ पुस २०७९, काठमाडौँ: युनाइटेड नेशन्स फ्रेमवर्क कन्भेन्सन आँन क्लाइमेट चेन्जको १६औं कन्फ्रेन्स अफ पार्टिज कोप २६ मा एक प्रतिवेदन अनुसार भएिको छ कि कोविड–१९ महामारीले गर्दा कैयौं देशहरु जलवायु परिवर्तनको प्रभावले आफ्ना नागरिकहरु स्वास्थ्य सुरक्षा गर्नमा असमर्थ भएका छन् । प्रतिवेदन तयार गर्नका लागि सर्वेक्षण गरिएका कूल देशहरुमध्ये आधा देशहरु ५२ प्रतिशतको भनाई थियो कि जलवायु परिवर्तनको प्रभावका स्वास्थ्यलाई बचाउनै दिशामा तीनको काममा महामारीको ठूलो प्रभाव परेको छ किनकी स्वास्थ्यकर्मीहरु तथा संसाधनहरुलाई महामारीसँग जुध्न लगाउनु प¥यो । सर्वेक्षणमा सम्मिलत ९५ देशहरुमध्ये ४९, ५२ प्रतिशत मुलुकसँग स्वास्थ्य एवम् जलवायु परिवर्तन सम्बन्धी एउटा राष्ट्रिय योजना वा रणनीति छ । अर्कोतिर अन्य २५ प्रतिशत मुलुकहरुसँग भने त्यस्ता योजना एवम् रणनीति निर्माणको अवस्थामा रहेको देखिन्छ भने बाँकी अन्य मुलुकमा भने नभएको अवस्थामा देखिन्छ ।

Kamana Sewa

सर्वेक्षणमा भनिएको छ कि अपर्याप्त वित्त विनियोजन, मानव संसाधनकोकमी तथा सिमित अनुसन्धान साक्ष्य प्रोद्योगिकीहरु एवम् उपकरणहरुका कारण यिनको कार्यान्वयनमा अवरोध पुगेको छ ।

Classic Tech Desktop

सबै १९४ विश्व स्वास्थ्य संगठन सदस्य देशहरु तथा गैहै सदस्य देशहरुलाई पठाइएको एक त्रैवार्षिक स्वैच्छिक सर्वेक्षण जुन विश्व स्वास्थ्य संगठनले स्वास्थ्य एवम् जलवायु परिवर्तन वैश्वीक सबै क्षण २०२१ मा गरिएकोमा माथि उल्लेखित तथ्य फेलापरेको देखिन्छ । जसलाई स्वास्थ्य मन्त्रालयहरुद्वारा अन्य स्वास्थ्य सम्बन्धी सरोकारवालाहरु मन्त्रालयहरु एवम् संस्थाहरुसँग परामर्शबाट सङ्कलन गरिएको थियो जसमा सर्वेक्षणमा सम्मिलित ९५ मुलुकहरुमध्ये २३ अफ्रिकी क्षेत्रहरुबाट थिए । प्रतिवेदन अनुसार ८५ प्रतिशत देशहरुले आफ्नो स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जलवायु परिवर्तनमा विशेष ध्यान केन्द्रित गरेका छन् । ५४ प्रतिशत देशहरुमा आफ्नो स्वास्थ्य मन्त्रालयले स्वास्थ्य एवम् जलवायु परिवर्तनका लागि एक हितधारक तन्त्र जस्तै टास्कफोर्समा समिति स्थापित गरेका छन् । देशहरुले आफ्नो राष्ट्रिय स्तरमा निर्धारित योदानमा पनि स्वास्थ्य सम्बन्धी महत्वहरुमा उल्लेखनीय बृद्धि गरेका छन् ।


स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनलाई पहिचान गर्न स्वास्थ्य अनुकूलन एवम् लचिलोपन सम्बन्धी प्राथमिकताहरुको रुपरेखा तयार गर्नका लागि राष्ट्रिय स्तरमा निर्धारित योगदानमा स्वास्थ्य सम्बन्धी महत्वहरुलाई सम्मिलित गरिनु महत्वपूर्ण मान्न सकिएला ।


यस वैश्वीक सर्वेक्षण प्रतिवेदनमा रेखाङ्कित गरिएको छ कि स्वास्थ्य एवम् जलवायु परिवर्तनको केन्द्रविन्दु स्वास्थ्य एवम् जलवायु परिवर्तनसँग सम्बन्धित नीतिहरु कार्यक्रमहरु तथा प्रथाहरुमा समन्वय एवम् विशेषता प्रदान गर्नका लागि स्वास्थ्य क्षेत्रका भित्र एवम् विभिन्न क्षेत्रहरुका बीच काम गर्न सक्नेछ ।


तर पनि हालसम्मका समग्र हाम्रा गतिविधिहरुको पुनरावलोकन गर्ने हो भने जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता पछि जति पनि कोपका शिखरसम्मेलन भए त्यसमा मानवीय स्वास्थ्य एवम् जनस्वास्थ्य बारे कमै चर्चा भए । अझ विडम्बना त यो छ कि यस्ता कोप सम्मेलनमा मानव्य चिकित्सा विज्ञ जनस्वास्थ्इ विज्ञ अनि महामारी विज्ञहरुलाई पनि यस्ता मन्चमा सहभागी गराइनुपर्छ भन्नेमा राष्ट्रिय अन्र्तराष्ट्रिय निकाय मौन नै भए हुन्छ । परिणामस्वरुप कोवीड – १९ को महामारी शुरु हुँदाको अवस्थामा वैश्वीक स्तरमा कतिपय मुलुक यस महामारी रोकथाम नियन्त्रण एवम् आवसीय चिकित्सा सेवा उपलब्ध गराउन कि त अलमलमा परे कि चुके पनि जसको परिणामस्वरुप आज ४ पात्रो वर्ष वित्दा पनि महामारी जस्ताकोतस्तै हाम्रोसामु छ ।

प्रतिकृया