• १८:२३ २०८० चैत्र १६ गते
  • 6:23 pm

महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा पुगे

प्रकाशित मिति

२०७९ पुष २७ गते, बुधबार ०१:२६

prachandago

२७ पुस २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड पहिलोपटक गोरखा पुगेका हन् । निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईंपनि गोरखा गएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा लागेका हुन् । उनले प्रतिनिधिसभामा मंगलबार मात्रै विश्वासको मत लिएका थिए ।


आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती पनि हो । प्रधानमन्त्री प्रचण्डले गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।

प्रतिकृया