• २१ जेठ २०८३, बिहीबार
  • १०:०२ बिहान

विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै, खेल रद्द हुँदा नौ अर्ब २९ करोड घाटा हुने

प्रकाशित मिति

२०७९ कार्तिक ६ गते, आईतवार ०७:४४

६ कात्तिक, २०७९, काठमाडौँ: अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीच खेल हुँदैछ । मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने मौसमविद्ले अनुमान गरेका छन् ।


भारत र पाकिस्तानबीचको खेल हुने समयमा ७०–८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्‍ले पूर्वानुमान गरेका छन् । यदि वर्षाका कारण यो खेल रद्द भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले करिब नौ अर्ब २९ करोड ६० लाख रूपैयाँ घाटा बेर्होनुपर्छ ।

Kamana Sewa

विश्वकपमा भारत र पाकिस्तानबीच हुने खेलको टिकट बिक्री भएको केही घन्टामै सोल्डआउट भएको थियो । यदि वर्षाले खेल रद्द भएमा दुबै टोलीले १-१ अंक बाँढ्नेछन्। यी दुईबीच अर्को खेल हुनेछैन ।

Classic Tech Desktop

यी दुई टोलीबीच गत वर्ष युएईमा भएको टी–२० विश्वकपमा पाकिस्तानले पहिलोपटक भारतलाई दश विकेट हराएको थियो । अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० खेलमा भारत र पाकिस्तानले एकआपसमा ११ खेल खेलेका छन् । जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेको छ । एक खेल टाई भएको छ । पाकिस्तानले भारतलाई एकदिवसीय विश्वकपमा हराउन सकेको छैन ।

प्रतिकृया