• ३ साउन २०८३, आइतबार
  • ९:१९ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ जेष्ठ २ गते, शनिबार ०७:०७

२ जेठ २०८३ काठमाडौं- पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग का अनुसार दिउँसो कोसी प्रदेश, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ । अन्य हिमाली, पहाडी तथा तराई भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

विभागका अनुसार कोसी प्रदेशका केही स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसँगै मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

Kamana Sewa

यस्तै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Classic Tech Desktop

रातिको समयमा पनि कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

राति कोसी प्रदेशका थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ ।

प्रतिकृया