• ५ असोज २०८३, सोमबार
  • ९ः३३ बिहान

रवि लामिछाने स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत जाने तयारीमा

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ०९:३१

२१ जेठ २०८३ काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वदेश फर्किएलगत्तै भारत भ्रमणमा जाने तयारीमा रहेका छन्। दुई देशबीचको विकास सहकार्य र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्न भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल भारत जान लागेका हुन्।

National Life

रास्वपाका सभापति लामिछानेको भ्रमण दलमा रहेका प्रतिनिधिसभा सदस्य दीपक बोहराले परराष्ट्रमन्त्री खनालको भारत भ्रमण चाँडै हुने जानकारी दिएका छन्। उनले भ्रमणको मिति खुलाएनन्, तर आवश्यक कूटनीतिक छलफलका लागि तयारी भइरहेको बताए।

भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। भेटमा मोदीले नेपाल सरकारसँग सहकार्य गर्न भारत तयार रहेको उल्लेख गर्दै प्राथमिकताका आधारमा आवश्यक प्रस्तावहरू प्रस्तुत गर्न आग्रह गरेको स्रोतको दाबी छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त विषयमा थप छलफल तथा सहकार्यका सम्भावित क्षेत्रबारे संवाद गर्न परराष्ट्रमन्त्री खनाल भारत जान लागेका बताइएको छ। भ्रमणका क्रममा उनले विदेशमन्त्री एस जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयललगायत भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यसअघि पनि मन्त्री खनालको भारत भ्रमण तय भएको थियो। तर विभिन्न कारणले कार्यक्रम स्थगित भएपछि भ्रमण हुन सकेको थिएन। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोही भ्रमणलाई पुनः तालिका मिलाएर अघि बढाउन लागिएको हो।

रास्वपा सभापति लामिछाने भने भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ। भारत बसाइका क्रममा उनले प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्।

प्रतिकृया