• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ०९:०९

२१ जेठ २०८३ काठमाडौं – हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसममा बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश भू-भागमा मौसम मुख्यतः सफा रहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यता मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Kamana Sewa

आज राति कोशी र मधेस प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

Classic Tech Desktop

प्रतिकृया