• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

सय मिटर दौडमा निशाको कीर्तिमान

प्रकाशित मिति

२०७९ आश्विन २९ गते, शनिबार ११:२५

२९ असोज २०७९, काठमाडौँ : नवौं बृहत राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । निशाले यसअघिको १२।१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२।१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा त्यो कीर्तिमान बनाएकी थिइन् ।


एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला–पुरुष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला–पुरुष फाइनल, ४०० मिटर महिला पुरुष हिट, सटफुट महिला–पुरुषको हिट र फाइनल हुने तालिका छ ।

Kamana Sewa

प्रतिकृया