• ३ साउन २०८३, आइतबार
  • ९:२६ बिहान

मकवानपुर–२ : गुरु विरोध र शिष्य महेशको भिडन्त

प्रकाशित मिति

२०७९ आश्विन २९ गते, शनिबार ११:१०

२९ असोज २०७९, काठमाडौँ : आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मकवानपुर–२ बाट सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका विरोध खतिवडा विरुद्ध एमालेले नयाँ अनुहारलाई अघि सारेको छ । एमालेले सो क्षेत्रमा महेश कुमार बर्तौलालाई चुनावमा उठाएको हो ।


सो क्षेत्रबाट लगातार ४ वटा निर्वाचन जितेका खतिवडालाई पराजित गर्ने रणनीति अनुरूप एमालेले युवा उम्मेदवार बर्तौलालाई अघि सारेको हो । बर्तौला पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन् । मकवानपुरको सो क्षेत्रलाई आफ्नो लालकिल्ला मान्ने एमालेले विभाजनको असर भोग्दै गर्दा बर्तौलालाई चुनाव उठाएको हो ।

Kamana Sewa

त्यसो त उनीहरू दुवै जना विगतमा एकै पार्टी ९एमाले०मा आबद्ध थिए । सम्बन्धनको हिसाबले एमालेका बर्तौला खतिवडाका राजनीतिक शिष्य हुन् । खतिवडाबाटै राजनीति सिकेका बर्तौलाबीच चुनावी प्रतिस्पर्धा हुने भएपछि मकवानपुर–२ मा रोचकता थपिएको छ । त्यस्तै सोही क्षेत्रमा चुनाव लड्न लामो समय कांग्रेसको राजनीति गरेका भरत पराजुलीले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारी दिएका छन् ।

Classic Tech Desktop

उनी केही समय अघि मात्र कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए । त्यस्तै सो क्षेत्रमा राप्रपाका राजन मैनाली, नेपाल मजदुर किसान पार्टी रत्‍न प्रसाद प्रजापति, मालेका उद्धव प्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाइजेसनका जीवन स्‍याङतान, नेश्नलिष्ट पिपल्स पार्टी तुला बहादुर लामा, सचेत नेपाली पार्टी कुलेन्द्रदिप विक्रम न्यौपाने र स्वतन्त्रबाट प्रदीप कालाखेती उम्मेदवार रहेका छन् ।

प्रतिकृया