• ३ साउन २०८३, आइतबार
  • ३:३६ बेलुका

डा. पुकार चन्द्र श्रेष्ठसँगको विवादमा मुछिएकी अनिशा तिवारीको अर्को चर्तिकला (सीसीटीभी भिडियाे सहित)

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार ०१:४०

२७ भाद्र २०७९, काठमाडौँ: धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठसँगको विवादमा मुछिएकी डा. अनिशा तिवारीले सो केन्द्रको ओटी टेक्निशियन रामचन्द्र पौडेलको गाडीमा कोरेर गाडीलाई खराब गराएकी छिन् । यस सम्बन्धमा मातृभूमिन्यूजका प्रतिनिधि सुभाष कुँवरले पौडेलसँग कुरा गर्दा उनले त्यो सत्य नै भएको र सीसीटीभी फुटेज प्रहरीलाई पनि दिएको बताए । डा. अनिसाले नै हो भन्ने के प्रमाण छ भन्ने प्रश्नको उत्तरमा उनले भने कि उनले सीसीटीभी फुटेजमा डा. अनिसालाई देखेका थिए । उनले डा. अनिसालाई सँगै काम गरेको हुनाले हाउभाउले पनि चिन्न सक्ने बताए । उनले कार्यालय समय पश्चात करिब साँझ ७ बजे सवारी साधन लिन जाँदा उनको सवारी साधन कोरिएको अवस्थामा पाए र उनले भोलिपल्ट कसले उनको सवारी साधन क्षति पु-याएछ भनी बुझ्न जाँदा नजिकै रहेको होटलको सीसीटीभीले पार्किगं स्थल समेत समेटेको देखि सो होटलमा बुझ्न गई सीसीटीभी हेर्न अनुरोध गरे पश्चात फुटेज हेर्दा त्यसै अस्पतालमा कार्यरत चिकित्सक डा. अनिषा तिवारीबाट उनको सवारी साधनमा क्षति पु-याएको स्पष्ट रुपमा देखेकोले उनले पुलिसमा निवेदन दिएका हुन् ।


डा. अनिशासँग उनको केही व्यक्तिगत रिसइवी थियो कि भन्ने प्रश्नको उत्तरमा उनले भने, “त्यस्तो खास त केही छैन । अहिले डा. पुकारको केस चलिराखेको छ । यसै सन्दर्भमा एकदिन हामी २, ३ जना कुरा गरिरहँदा उनी आएर भिडियो खिच्नुभयो, मैले नखिच्नु भनेको, खै त्यही कारण हो कि ।” उनको नीजि गाडी, पार्किङमा राखेको बेला डा. अनिशाले कोरिदिएकी हुन् ।” उनले अहिलेसम्म डा. अनिशालाई यस सम्बन्धमा कुनै कुरा नभनेको र जे कारवाही गर्दछ पुलिसले नै गर्ने बताए ।

Kamana Sewa

मातृभूमिन्यूजका प्रतिनिधिले डा. अनिशासँग यस सम्बन्धमा बुझ्न टेलिफोन सम्पर्क गर्न खोज्दा फोनै उठाइनन् ।

Classic Tech Desktop


डा. पुकार चन्द्र श्रेष्ठसँगको विवादको बारेमा पढ्न तलको लिंक हेर्नुहोस् ।

प्रतिकृया