• १८:४५ २०८० चैत्र १५ गते
  • 6:45 pm

सहकारीको समस्याबाट सञ्चालक भाग्न थाले, जिम्मेवारीबाट अलग नहुन विभागको आग्रह

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार ०१:२२

sahakari e1662968264933

२७ भाद्र २०७९, काठमाडौंः एकपछि अर्को सहकारी संस्थाहरु समस्या आउन थालेसँगै संस्थाका सञ्चालक तथा व्यवस्थापकहरु जिम्मेवारीबाट भाग्न खोजे भन्दै सहकारी विभागले सचेत गराएको छ। विभागले संस्थाका जिम्मेवार व्यक्तिहरु नै संस्थामा देखिएको कैफियतमा सबै अध्यक्ष र व्यवस्थापकलाई दोष लगाउदै जिम्मेवारीबाट अलग हुन विभागमा धाउने गरेको निर्देशनमा उल्लेख छ ।


सहकारी संस्थाका सञ्चालकलाई जिम्मेवारीबाट नपन्छिन विभागले निर्देशन जारी गरेको छ । विभागले प्रत्येक सञ्चालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राख्न विभागको निर्देशन छ ।


संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण शेयर सदस्य समेत सामूहिक जिम्मेवारीमा रहने हुँदा आफ्नो जिम्मेवारी नभुल्न सञ्चालकलाई विभागको आग्रह छ ।

637985752026372388

प्रतिकृया