• १२ असोज २०८३, सोमबार
  • ९ः२७ बिहान

गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार ०१:१०

२७ भाद्र २०७९, काठमाडौंः डिजिटल सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको थियो । उक्त क्युआर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष राम चन्द्र साहतेलीलाई हस्तान्तरण गरेका थिए ।

National Life

सो कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, नेपाल राष्ट्र बैंक विरगञ्जका निर्देशक राजन देव भट्टराई, प्रहरी उपरिक्षक होमेन्द्र बोगटी, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य जय मुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत स्थानीय व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।


यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा निस्शुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया