• ४ साउन २०८३, सोमबार
  • २:०६ बिहान

पर्यटनमन्त्री श्रेष्ठले पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गरे

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार १०:३२

१७ भाद्र २०७९, काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गरेका छन्।सम्पदा स्थलहरूलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।अभियानअन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो।


‘पर्यटन पुनरुत्थानका लागि क्लिन नेपाल -ग्रीन नेपाल अभियान’ नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटनसम्वद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरू र शैक्षिक प्रतिष्ठानहरूसँगको सहकार्यमा विशेष सरसफाइ अभियान सुरु गरेको हो।

Kamana Sewa

मन्त्री श्रेष्ठले अघि सारेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनमा महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने उल्लेख छ। पर्यटकलाई आकर्षित गर्न सरसफाइ महत्त्वपूर्ण भएकोले यसलाई अभियानकै रूपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ।

Classic Tech Desktop

अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्‍याउने उनले बताए। सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियन्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयबासिन्दाको सहभागिता थियो। देशका अन्य महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा पनि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए।

प्रतिकृया