• २२ जेठ २०८३, शुक्रबार
  • २:१३ बिहान

समय दिएर अनधिकृत संरचना हटाउँदै ललितपुर महानगर, घरधनीलाई भाडा नतिर्न आग्रह

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०९:३६

१७ भाद्र २०७९, ललितपुर : महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई समय दिएर हटाउने भएको छ। अनधिकृत संरचनामै व्यापार तथा व्यवसाय गरिरहेको भए पनि दसैंअघि उनीहरूलाई नहटाउने महानगरको भनाइ छ। अहिलेदेखि नै अनधिकृत संरचना खाली गर्न सूचना दिने र दसैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाहीसहित त्यस्ता संरचना हटाइदिने मेयर चिरीबाबु महर्जनले बताएका छन्र ।


महानगरले पटकपटक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन भने पनि घरधनीले मानेका छैनन्। अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनले बताए। ‘हामी कानुनीरूपमा विधि र प्रक्रिया पुर्‍याएर कारबाही गर्छौं, अनधिकृत संरचनालाई क्रमश हटाउँदै जान्छौं’, मेयर महर्जनले भने, ‘हामी कसैलाई नोक्सान पुर्‍याउने काम गर्दैनौं, नियमअनुसार मौका दिएरै अनधिकृत संरचनाहरू हटाउँछौं।’

Kamana Sewa

अनधिकृत रूपमा बनेका संरचना हटाउन यसअघि पनि पटकपटक सूचना दिइसकिएको उनले बताए। ‘घरधनी र व्यवसायीलाई भेटेर पनि अनधिकृत संरचना हटाउन भनेको हो। दसैंको मुखमा साना व्यवसायीलाई मर्का नपरोस् भन्नेमा हामी सचेत छौं। अनधिकृत संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भन्दा पनि महानगरले घरधनीलाई नै कारबाहीको दायरामा ल्याउँछ। दसैंपछि सबै अनधिकृत संरचना महानगरले हटाउँछ,’ उनले भने।

Classic Tech Desktop

साथै महानगरले अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्दै आएकाहरूलाई अब घरधनीलाई भाडा नतिर्न पनि भनेको छ। व्यापार व्यवसाय गर्दै आएका साना व्यापारीलाई व्यापार गर्ने ठाउँको विकल्प खोज्नसमेत आग्रह गरिसकिएको मेयर महर्जन बताए ।

प्रतिकृया