• १६ साउन २०८३, शनिबार
  • ९:५२ बिहान

सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला नेपाली चिकित्सक प्रिती भुषालद्वारा मनास्लु र आमा दब्लम हिमाल चढ्ने घोषणा

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ०३:१०

१३ असार २०७९ काठमाडौंः नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा। प्रिती भुषालले आगामी अक्टोबर र नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने घोषणा गरेकी छिन् । डाक्टरी पेशा र हिमाल आरोहणलाई सँगसँगै लिएर जाने उनको भनाई छ । उनले नेपाली महिला चिकित्सको रुपमा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेर किर्तीमानी कायम गरेकी छिन् ।


आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भुषालले हाई अल्टिच्युड मेडिसिन फिजिसियन (उच्च उचाई चिकित्सक) स्पोर्टस मेडिसिन बन्ने आफ्नो इच्छा जाहेर गरिन् । उनले भनिन्,‘आगामी २०२२ अक्टोबर, नोभेम्बरमा मनास्लु हिमाल र आमा दब्लम शिखर चढ्ने मैले योजना बनाएको छु ।’ र, उनले आगामी दिनमा हिमाल आरोहणमा रुची राख्ने तर यो विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगको लागि बाँसबारीमा हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेडमार्फत काम गर्ने योजना बनाएको बताईन् ।

Kamana Sewa

पत्रकार सम्मेलनको दौरान उनले ‘स्टप पोलुटिङ हिमालयज’ लेखिएको ब्यानरसमेत सार्वजनिक गरेकी थिईन् । डा। भुषालले आफ्नो सगरमाथा आरोहणलाई सफल बनाउन आर्थिक सहयोग गर्ने परिवारजन, आफन्त, इस्टमित्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, विश्व स्वास्थ्य संगठन, केजीएच होटेल एण्ड रिसोर्टलाई बिशेष धन्यवाद दिइन् ।

Classic Tech Desktop

उनले सगरमाथा आरोहणको अनुभव सुनाउँदै ८ हजार भन्दा अग्ला हिमाल चढ्ने हो भने शेर्पा दाजुभाइ दिदीरबहिनीहरुको सहयोग र राम्रो एक्सपिडिसन टिम बिना असम्भव रहेको पनि स्पष्ट पारिन् । डा.भुषालले बाल्यकालदेखिनै डाँडाकाँडा उक्लने, पौडी खेल्ने लगायतमा आफू सक्रिय हुँदै आएको स्मरण गराईन् ।


उनले मुख्यतयः कोभिड–१९ को लडाईविरुद्ध अग्रपँक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको उच्च सम्मान गर्दै सगरमाथा आरोहण गरेको बताईन् । उनले गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । काठमाडौंमै जन्मिएकी प्रितीको बुवाको जन्मथलो भने अर्घाखाँची हो ।

प्रतिकृया