हङकङबाट नेपाल आउने पर्यटकका प्रवेशाज्ञा शूल्कमा वृद्धि
प्रकाशित मिति
२०७६ असार २८ गते, शनिबार ०३:१२
हङकङ, नेपाली महावाणिज्य दूतावास हङकङले नेपाल भ्रमण गर्ने पर्यटकहरुलाई लिँदै आएको प्रवेशाज्ञा (भिसा) शुल्कमा वृद्धि गरेको छ। नेपाल पर्यटन वर्ष २०२० पूर्वसन्ध्यामा महावाणिज्य दूतवासले नेपाल प्रवेशाज्ञा शूल्कमा वृद्धि गरेको हो । जस अनुसार १५, ३० र ९० दिने पर्यटकीय प्रवेशज्ञाको शुल्क क्रमशः हङकङ डलर २५०, ४०० र १००० तोकिएको तोकेको छ। यसअगाडि सो शुल्क २००, ३२० र ८०० हङकङ डलर रहेको थियो। नयाँ शुल्क यही जुलाई १७ बाट लागू हुने जनाइएको छ।

पर्यटन वर्ष नजिकिँदै गर्दा सरकारले पर्यटकलाई आकर्षण गर्न अझ सहुलियत दिनको सट्टा शुल्क अभिवृद्धि गर्नुले पर्यटन आगमनमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा अहिले बहस सुरु भएको छ। महावाणिज्य दूतावासका कन्सुलर किरण गुरुङले यो आफूखुसी नभई नेपाल सरकारले बढाएको बताउनु भयो । ‘यो हाम्रो तजबिजले बढाएको हैन, मन्त्रिपरिषदले पारित गरेर आएको सर्कुलर अनुसार हामीले स्थानीय डलरको सटही दर अनुसार तोकेका हौँ’, उहाले भन्नुभयो, ‘जहाँसम्म यहाबाट नेपाल जाने पर्यटकहरु छन्, उनीहरु उच्च आय भएको हुँदा थोरै वृद्धिले खासै प्रभाव पर्दैन।’
भिजिट नेपाल २०२० लाई सफल पार्न नेपाली महावाणिज्य दूतवास हङकङले बिभिन्न कार्यक्रम गर्दै आएको महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताउनु भयो ।





प्रतिकृया