• ९ साउन २०८३, शनिबार
  • ११:१८ बेलुका

गभर्नर हटाउने निर्णयप्रति ओलीको टिप्पणी : धान खाने मुसो, चोट पाउने भ्यागुतो

प्रकाशित मिति

२०७८ चैत्र २६ गते, शनिबार ०१:५९

२६ चैत्र २०७८, काठमाडौँ : सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार काठमाडौँको तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।


उनले यसलाई ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखानसँग तुलना गरे। उनले भने(‘हिजो मात्रै हामीले देख्यौँ, थुतुनाभरि रौँ भएको मुसाले धान खायो। एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गर्‍यो। धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि। त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो। अनि उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्‍यो ।’

Kamana Sewa

‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुका हातमा परेको छ’, ओलीले भने, ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थविद्, अर्थशास्त्री र राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो।’

Classic Tech Desktop

उनले छानबिन समितिप्रति पनि आशंका व्यक्त गरे। माओवादीले नियुक्त गरेको र माओवादी निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा एउटा छानबिन समिति बनाएको उनले बताए।

प्रतिकृया