• ४ साउन २०८३, सोमबार
  • १:४१ बिहान

जल संकट एवं जलवायु परिवर्तन

प्रकाशित मिति

२०७८ पुष १४ गते, बुधबार ०९:१०

डा. केदार कार्की
१४ पुस २०७८, काठमाडौँ : प्रकृतीले अहिले सम्म हामीलाई निरन्तर आवश्यकता अनुशार पानी उपलब्ध गराउदै आएको छ तर त्यस्को अन्धाधुन्द दोहनका कारण स्वच्छ जलको उपलब्धता अत्यन्तै कम हुदै गएको छ । विश्वका लगभग डेढ अरब मानिसहरुलाई पिउनको लागी शुदुध पानी उपलब्ध भई राखेको छैन । पानीको कमीका कारण वातावरण एव‌ जलवायु चक्र निरन्तर प्रभावित भई राखेको छ । फलस्वारुप जलवायु परिवर्तनको समस्या पनि नित्य पूर्ति सामुन्ने आउदै छ । जल एवं जलवायुको अनन्यम सम्वन्ध रहेको छ । दुबै एक अर्काको सहयोगी एव पूरक हुन दुबै अन्योन्याश्रीत हुन । आज पुरा विश्व वाटर इन कलाइमेट एण्ड कलाइमेट इज वाटर को कुरा पुर्ण रुपले स्वीकार्दै छ । यीनै मध्ये कुनैमा पनि परिवर्तन भएमा अर्कोलाई प्रभावित हुनु अनिवार्य जस्तो छ ।


क्षेत्र विशेषमा जलको मात्रा त्यहाँको वातावरणलाई नभई बरु सम्पुर्ण जलवायुलाई पनि प्रभावित गर्दछ । जलको मात्रामा कम वा बढी भएमा जलवायुमा निरन्तर परिवर्तन भई रहन्छ यसलाई दृष्टिगत गर्दै २० मार्च २०२० मा मनाइको जल दिबसको मुल नारा पनि जल र जलवायु परिवर्तन नै संयुक्त राष्ट्र संघ द्धारा निश्चीत गरिएको थियो एव जल तथा जलवायुको सम्बन्ध माथी विचार गर्दै जलवायु परिवर्तनले प्रकृति एवं जीवनमा परी रहेको दुष्परिणाम माथी नियन्त्रण पाउने दिशामा काम गर्ने निश्चिय गरिएको थियो । क्षेत्र विशेषमा विदयमान जलले जलवायुलाई मात्र नियन्त्रणमा राख्दैन बरु त्यसलाई परिवर्तीत हुनबाट पनि रोक्दछ । तर बर्षाजल एवं भूगर्भको जलस्तरमा निरन्तर भइरहेको कमीबाट उत्पन्न जलसंकट आज स्वयम विकराल समस्याको रुपमा हाम्रो सामुन्ने उभिएको छ ।

Kamana Sewa

अनियन्त्रीत औद्योेगीकीकरण तथा कृषि उत्पादनमा निरन्तर बढोत्तरीका लागि भुजलको अत्याधिक दोहनले भुगर्भको जलस्रलाई निरन्तर कंम गराउदै लागेको छ । भुगर्भको जलस्तरमा भई रहेको कमिले वाताबरण पनि प्रभाबित हुदैछ । पानीको अधिकताले वातावरणमा जा निस्यान एव शितलतहर हुन्छ त्यहि यस्को कमी हुदा वातावरणमा अत्याधिक गर्मी तथा तापमान बढेर जान्छ । फलस्वरुप जलवायुमा परिवर्तन परिलक्षित हुने गर्दछ यद्यपी जलवायु परिवर्तको मुलमा अनेकानेक कारणहरु छन् तर तीनमा हरित गृहग्यासहरु, अनियन्त्रीत औद्योगिकरण, पृथ्वीको बढ्दो तापमान आदि प्रमुख हुन तर तीनमा सर्वप्रमुख भुगर्भमा विदयमान जलको कमीलाई मानिन्छ ।

Classic Tech Desktop

युजललाई संरक्षण गरेर त्यस्मा बृद्धि गर्दै जलवायु परिवर्तित गराउने अन्य कारणहरु माथी नियन्त्रण गर्न सकिन्छ । यदि भुगर्भको जल स्तर बढेर प्रयाप्त भयो र वाताबरण प्रयाप्त चिसो भएमा भने जलवायु परिवर्तनका अन्य कारण अप्रासंगीक हुने छ एवं तीनले जलवायु परिवर्तनमा आफ्नो महत्वपूर्ण भुमीका निभाउन पाउने छैनन् । यस्तो स्थीतीमा जलवायुलाई पृृथ्वीको अनुकुल बनाई राख्नका लागी जल संरक्षणको परम एव प्रमुख आवश्यकता छ । पृथ्वीको ७० प्रतिशत भाग पानीले भरीएको छ जसमा एक अरव चालीस घनमिटर पानी बिदयमान छ । जलको यत्रो विशाल राशी उपलब्ध हुदा हुर्दै पनि यसमा पिउने विदयमान छ । जलको यत्रो विशाल राशी उपलब्ध हुदा हुदै पनि यसमा पिउने योग्य पानिको मात्रा अत्यन्त कम छ । पृथ्वीमा बिदयमान पानीको ९७.३ प्रतिशत भाग समुन्द्र को जल छ । शेष २७ प्रतिशत पिउने योग्य पानी उपलब्ध छ ।


पिउन योग्य पानीको ७५.२ प्रतिशत जल धुर्वीय क्षेत्रहरुमा तथा २२.६ प्रतिशत भुगर्भमा जलको रुपमा अवस्थीत छ । शेष २.२ प्रतिशत पिउन योग्य जल नदिहरु तल झिलहरुमा पाइन्छ जस्को ६० प्रतिशत माग कृषि एवं उदयोगहरु द्धारा प्रयोगमा ल्याइन्छ शेष ४० प्रतिशत सिधै पिउन आदिमा उपयोग गरिन्छ । समस्त विश्व विश्व गंभीर जल संकटको सामान्य गरी राखेको छ यदि यस समस्या माथी शिघ्र ध्यान नदिने हो भने ती देशहरुमा पानीको एक थोपा पनि बच्ने छैन । डब्ल्यु आर आई विश्व श्रोत संस्थानले भुजल भण्डार एव त्यसमा आइरहेको निरन्तर कमी बाढी एव खडेरीको जोखीमका आधारमा विश्वका १८९ देशहरुलाई त्यहा उपलब्ध पानीलाई दृष्टीगत गर्दै श्रेणिवद्द्य गरेको छ ।


जलसंकटको मामलामा भारत विश्वमा १३ औ स्थानमा छ । उपलब्ध प्रतिवेदनमा अभिलिखित तथ्यहरु विश्लेषण गर्ने हो भने भारतको उत्तरी भागमा जल संकट भुजल स्तर अत्यन्त तल गएको कारण अत्यन्त गंभीर अवस्थामा भएको तथ्य भेटिन्छ । हाम्रो आफ्नै परिवेशमा पनि स्थीती फरक भने छैन, हाम्रा पुर्वी पहाडहरुका पाचथर तापलेजुङ्ग तीर बाट पानीकै अवाभका कारण गाउँहरु रित्तिने गरी बसाई सराई भएको तथ्य भेटिन्छ नै साथै अन्य पहाडी भागमा एक गाग्री पानी जोहो गर्न घण्टौ दिनौ लाग्ने गरेको समाचार पनि कुनै नौलो रहेन । तराई मधेशमा नलमा पानी १०० फिट भन्दा माथी पायन दुरुह भएको अवस्था त विकराल वन्दै छ ।


हाम्रा सांस्कृतीक परम्परामा बर्षाको पानीलाई संरक्षित गर्नका लागी विशेष ध्यान दिइएको थियो । जस्ले गर्दा ठाउ ठाउँमा पोखरी तलाउ इनार आदि निर्मित गराइन्थीयो जस्मा वर्षाको जल एकत्रीत हुन्थीयो एव बर्षा भरी जीवजन्तु सहित मानिसहरुका लागी पानि उपलब्ध हुन्थीयो । तर वैज्ञानिक प्रगतीको नाममा यीनलाई संरक्षण नदिइएको कारण अहिले सम्म धेरै जसो नदिहरु तथा तालझिल आदि सुकेर गएका छन् एव मुमाफियाको अवैद्य कवजको शिकार भएर आफ्नो अस्तीत्व गुमाएका छन् वा गुमाउने स्थीतीमा छन् । यस्को उदाहरण उपत्यकाका वागमती, विष्णुमती, टुकुचा, धोवीखोला, मनोहराको फाँटको अवस्था हेरे पुग्दछ ।


फलस्वरुप तीनको पानीमा औद्योगिक कारखानाहरुबाट निकल्ने फोहर पानी एव मैला मिसिनाले तीनको पानी यती प्रदुषित भएको छ कि पानी खानुको त के कुरा नुहायो भने अनेकौ रोगहरु बाट ग्रसीत हुन सक्ने खत्रा विद्ययमान छ । हिन्दुहरुको लागी कुम्भ नुहाउन पवित्र गंगानदि हिजो कुम्भ स्थान गर्दा मलै स्नान योग्य जलयुक्त थियो होला । तर आज कलकारखानाहरु बाट फोहर मैला अनी प्रदुषित पानीको प्रभावले फोहर पानीको धारा बनेको छ भन्न के आइतबार कुरी बस्ने । जस्मा नुहाउनु भन्दा पहिले श्रद्यालुले केही बेर सोच्नु पर्ने भएको छ । हाम्रो कृषि पूर्णतया बर्षा जलमा निर्भर छ । बर्षा प्रयाप्त भएमा सीचाइका अन्य साधन सुलभ हुन्छन् तर बर्षा भएन भने सवै साधनले हात खुट्टा छाड्छन अनी कृषि क्षेत्र खडेरीको मारमा पर्दछन् । स्पष्ट छ जल प्रदुषणका अनेक श्रोतहरु छन् जस्ले सामुहिक रुपले जललाई प्रदुषित गर्दछन् ।


देशवाशीको सामार्थ सहयोग एव संकल्पले बर्तमान जलसंकटको समाधान प्राप्त गर्न सकिन्छ तर जलसंरक्षणको तौर तरीकाहरुलाई प्रयोगमा ल्याउनका लागी सरकारी सयंन्त्रहरुको भुमीका भने फरक छैन किनभने सरकारी सयंन्त्रहरु ज्ल संरक्षणका लागी प्राय जसो वर्ष ऋतुमा त सकृय हुन्छन र खानापुरी गरी आ फ्नो कर्तव्यलाई इतिश्री मान्दछन् । आज आवश्यकता यो छ कि जल संरक्षणका लागी जन आन्दोलनको रुप दिनको लागी मात्र सरकार सकृय होस बरु उसका विभिन्न निकायहरुलाई सकृय पारीनुपर्छ जस्ले गर्दा बर्षाको पानी त संरक्षण हुन्छ नै बरु पानीको बरवादी पनि रोकन सकिन्छ किनकी एकातीर जहा जलसंकटले गंभीर रुप ली राखेको छ त्यहि अर्को तीर अनेक कार्यहरुमा जलको दुरुप्रयोग गरीर्दै छ ।


बर्षा त हरेक वर्ष हुने गर्दछ तर हामी वर्षाको जललाई संरक्षित गर्न चुक्दछौ । आवश्यकता छ जलवायु परिवर्तनमा रोक लगाएर पकृतिको स्वरुपलाई सहज एव सरल बनाउने । यदि हामीले वर्षाको जललाई संरक्षित गर्न सकेनौ भने जलवायुमा भइ राखेको निरन्तर परिवर्तन तथा तापमानमा अप्रत्याशित वृद्धि मानविय जीवन मात्र हैन प्राणी वोटवीरुवाको जीवनको सामुन्ने प्रश्न चिन्हको रुपमा उपस्थीत हुने छ जस्को सामाधान खोज्नु असंभव होला ।यस्को लागी सतत विकाशको मोडेलहरुलाई पर्यावरण एव मौसम अनुरुप वनाउन पर्ने छ । मानविय जीवन शैलिमा परिवर्तन का साथै हरितगृह ग्यासहरुलाई छिटो कम गर्ने प्रयास गर्नु पर्ने हुन्छ ।

बरिष्ट पशु स्वास्थ्य व्यवस्थापन सल्लाहकार डिभाइन भेटेरीनरी क्लिनिक सिनामंगल

प्रतिकृया