कमल थापाको चुनौती: प्रधानमन्त्री देउबा – राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस्
प्रकाशित मिति
२०७८ कार्तिक २४ गते, बुधबार ०५:२६
फाइल तस्बिर
२४ कार्तिक, २०७८ काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउबालाई पूर्व राजा ज्ञानेन्द्र शाहलाई गाली गर्न छाडेर जनतालाई सुशासन दिन चुनौती दिएका छन्। देउबाले राजालाई राजनीतिमा आउने भए चुनाव लड्न चुनौती दिएको केही घण्टामा राजसंस्थाको वकालत गर्दै आएका थापाले सामाजिक सन्जालमार्फत उनलाई त्यस्तो सुझाव दिएका हुन्।
न्यायलय हड्तालमा रहेको, भष्ट्रचार बढिरहेको, बेरोजगारी बढिरहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने काम गरेर देखाउन प्रधानमन्त्री देउबालाई थापाको चुनौती छ।

‘राजा विरुद्ध आक्रोश होईन,सुशासन दिनुहोस्।न्यायालय हडतालमा छ,संसद अवरुद्ध छ,सरकार भ्रष्टाचाररसर्वसत्तावादमा लिप्त छ,धर्मपरिवर्तन व्यापक भएको छ,रोजगारीको खोजीमा ४०लाख युवा विदेश पलायन भएका छन्।संघीय गणतन्त्र असफल भैसक्यो।राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन’, थापाले सामाजिक सन्जालमा लेखेका छन्।

यसअघि गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताएका थिए। प्रजातन्त्रको विरुद्धमा नलाग्नसमेत पूर्वराजा ज्ञानेन्द्रलाई देउबाको चेतावनी रहेको छ।
प्रम देउवालाई आग्रह-
राजा विरुद्ध आक्रोश होईन,सुशासन दिनुहोस्।न्यायालय हडतालमा छ,संसद अवरुद्ध छ,सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ,धर्मपरिवर्तन व्यापक भएको छ,रोजगारीको खोजीमा ४०लाख युवा विदेश पलायन भएका छन्।संघीय गणतन्त्र असफल भैसक्यो।राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन— Kamal Thapa (@KTnepal) November 10, 2021




प्रतिकृया