• १२ असोज २०८३, सोमबार
  • २ः३५ दिउँसो

दार्चुलामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०१:५८

काठमाडौँ : दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । जिल्लाको नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा आएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

National Life

पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँकी २९ वर्षीया लक्ष्मण सितौलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले बताए ।


पहिरो गएको स्थान दार्चुला सदरमुकाम खलंगाबाट ८ घण्टाको पैदल दूरीमा पर्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया