• १२ असोज २०८३, सोमबार
  • ११ः४१ बिहान

ब्राजिलियन फरवार्ड जेससमाथि अर्जेन्टिनाविरुद्धको फाइनल खेल्न प्रतिबन्ध

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०२:१२

काठमाडौँ : ब्राजिलियन फरवार्ड गाब्रियल जेससले कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्न नपाउने भएका छन्। दक्षिण अमेरिकी फुटबल महासंघले दुई खेल प्रतिबन्ध लगाउने निर्णय गरेसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड जेससले र्जेन्टिनाविरुद्धको फाइनल गुमाउने भएका हुन्।

National Life

जेससले चिलीविरुद्धको क्वार्टरफाइनलको खेलमा रातो कार्ड पाएका थिए। चिलीका एउगेनियो मेनाको मुखमा खुट्टाले प्रहार गरेपछि जेससले सिधा रातो कार्ड पाएका थिए। जसका कारण उनले पेरूविरुद्धको सेमिफाइनल खेल स्वत: गुमाएका थिए। पेरुविरुद्धको सेमिफाइनल खेलपछि फुटबल महासंघले जेससमाथि दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जसका कारण उनले अर्जेन्टिनाविरुद्धको फाइनल गुमाउने पक्का भएको हो।


ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिका २०२१ को उपाधिका लागि आगामी आइतबार विहान प्रतिस्पर्धा हुँदैछ। चिलीविरुद्धको खेलपछि जेससले आफूले गल्ति गरेको भन्दै माफी मागेका थिए। दुई खेलको प्रतिबन्धपछि ब्राजिलका फरवार्ड नेइमारले पनि असन्तुष्टि जनाएका छन्। उनले प्रतिबन्ध लगाउने निर्णय दुखद् भएको बताएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया