• १२ असोज २०८३, सोमबार
  • २ः५३ दिउँसो

महालक्ष्मी नगरपालिकाले लगायो १२,३८४ जनालाई भेरोसिल दोस्रो डोज खोप

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०३:०८

काठमाडौँ : महालक्ष्मी नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने र कोभिड विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा खोप लगाउने व्यक्तिहरूका लागि सो खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम २०७८ जेष्ठ ६ गते देखि २०७८ जेष्ठ १३ गते सम्म नगरभित्रका १६ विभिन्न खोप केन्द्रमार्फत सञ्चालन भएको थियो।

National Life

यस खोप कार्यक्रममार्फत ६ हजार १ सय ५५ जना महिला र ६ हजार २ सय २९ जना पुरुष गरी जम्मा १२ हजार ३ सय ८४ जना व्यक्तिहरुले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ ।


२०७८/०२/१४ सम्म महालक्ष्मी नगरपालिकाको कोभिड-१९ संक्रमण अवस्था यस्तो रहेको छ ।
जम्मा सङ्क्रमित : ४६७१
संक्रमणमुक्त हुने : ३६४८
सक्रिय संक्रमित : ११७
होम आइसोलेसमा रहेका : ९३५
अस्पतालमा रहेका : ४८
कोभिड १९ का कारण मृत्यु हुने : ४० जना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया