• ३१ असार २०८३, बुधबार
  • ५:२७ बिहान

सीमा अभिव्यक्ति सच्याउन माग गर्दै आरेन राईको आक्रोश:ढुङ्गो बोल्ला, प्रधानमन्त्री बोल्दैनन्

प्रकाशित मिति

२०८३ असार ३० गते, मंगलवार ११:३९

३० असार २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति संसदमा आएर सच्याउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले डेढ महिनादेखि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आए पनि हालसम्म कुनै जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै भने, “बरु ढुङ्गा बोल्ला, मान्छे बोल्दैन जस्तै भयो। यसले डर र चिन्ता लागेको छ।”

Kamana Sewa

राईले बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा सिंहदरबारबारे दिएको अभिव्यक्तिको स्मरण गर्दै सीमा सम्बन्धी पछिल्लो टिप्पणीलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको भनाइ नियतवश आएको भन्ने आफूलाई नलागे पनि संसदमा उपस्थित भएर स्पष्ट पार्न आवश्यक रहेको धारणा राखे।

Classic Tech Desktop

सांसद राईले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो धारणा स्पष्ट पारेर देखिएका भ्रम अन्त्य गर्नुपर्नेमा जोड दिए।

प्रतिकृया